• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दांत नै छैन

बृद्धहरुको टुरको एउटा गाडी बाटोमा तुफान हुइकिदै थियो |
.
त्यो गाडीको ड्राइभर हम्जायेगा थियो |
.
हम्जायेगा गाडी चलाइरहेको बेला एउटी सानी बुढी आमै आएर उसको काँधमा च्याप्प समाइन् |
.
हम्जायेगा एसो फर्केर हेरेको त एक मुट्ठीभरि बदाम छोडाएर ल्याएकी रहिछन् | उसले मुठ्यायो र गुमुर्क्यायो |
.
फेरी १५ मिनेट पछि पुनः त्यहि घटना दोहोरियो |
.
५ पल्ट सम्म त्यहि घटना दोहिरिएपछि हम्जायेगाले सोध्यो :
.
"तपाइँहरु आफै खानुस् न मलाई पुग्यो |"
.
आमै: "के गर्नु बाबु खान त हुन्थ्यो नी दांत नै छैन के ले चबाउनु?"
.
हम्जायेगा: "अनि किन किन्नु भा'को त बदाम?"
.
आमै: "बदाम किनेको हैन, मिठाइ किनेको | तेस्मा बदाम पनि मिसाको र'छ, त्यो बाहिरको मिठाई चैं चुसेर बाँकी र'को बदाम तिमीलाई दे'को नी |